Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलद्वारा शपथग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलद्वारा शपथग्रहण


काठमाडौँ । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको यही पुस ३० गते बसेको बैठकबाट सर्वसम्मतरूपमा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलगायत नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले ३७औँ साधरणसभा सम्पन्न गरको तथा अहिलेसम्म गरिआएको कार्यहरूलाई, गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरूमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् । शपथग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।

नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई यही पुस ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनी एनबी (इन्टरनेसनल) लिको प्रतिनिधिको रूपमा निर्विरोध निर्वाचित गरेको हो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको बैंकले एक सय ३५ वटा शाखा, एक सय ८९ वटा एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको दाबी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया