Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल इन्स्योरेन्सको ‘कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ता’ तालिम

नेपाल इन्स्योरेन्सको ‘कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ता’ तालिम


काठमाडौँ । नेपाल इन्स्योरेनस कम्पनीले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ता तालिम दिएको छ । कम्पनीले यही पुस २७ गतेदेखि २९ गतेसम्म नेपाल इन्स्योरेन्सद्वारा आयोजित कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तीनदिने कार्यक्रम बीमा समितिका प्रतिनिधि विनोद कुमार पोखरेलको अतिथ्यमा कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा सम्पन्न भएको हो ।

उक्त क्षति मूल्यांकनकर्ताको तालिम कार्यक्रममा दार्चुला, बैतडी, डडेलधुरा र कन्चनपुर जिल्लाका प्रतिनिधि एवं स्थानीय व्यक्ति तथा निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई तालिम कार्यक्रमका संयोजक हरिहरमानसिंह बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रम सञ्चालन महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र विष्टले गरेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया