महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामग्री प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई विभिन्न आधारभूत शैक्षिक सामग्री एवं खानेपानीको लागि आवश्यक उपकरण सहयोगस्वरुप प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुका साथै यस किसिमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिकस्तरको विकासमा टेवा पुग्ने बताए । बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउँदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुवेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्धिमा बैंक सधैँ कटिबद्ध रहेको कुरा जानकारी गराए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरुमार्फत करिब छ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया