Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक ५५औँ वर्षमा प्रवेश

कृषि विकास बैंक ५५औँ वर्षमा प्रवेश


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले कृषि विकास बैंकको ५५औँ वार्षिक उत्सव समारोहको भव्यताका साथ भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । समारोहका प्रमुख अतिथि अर्थमन्त्रीले बैंकको ५५औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको विमोचन समेत गरेका छन् । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि विकास बैंक लि.ले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभई कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडि सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैंकिङ व्यावसाय सञ्चालन गर्न निर्देशन दिएका छन् । कृषि विकास बैंक लि. स्थापनाकालदेखि हाल ५५औँ वर्षसम्ममा सफलतापूर्वक ल्याइपु¥याउनुहुने सम्पूर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक बधाई तथा धन्यवाद दिँदै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

वार्षिकोत्सव कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंक पछिल्लो समय ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा सञ्चालन भए पनि कृषिलाई पहिलो प्राथमिकता दिएर नै आफ्नो बैंकिङ व्यवसाय सञ्चालन गरेको देखिन्छ भने गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सिर्जना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि बण्ड जारी गर्ने अवसर प्रदान गरेअनुरुप कृषि बण्ड जारी गरिसकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिट कार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा वाणिज्य बैंकिङलगायत कृषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिँदै सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भर्चुअल तथा प्रत्यक्ष उपस्थित सम्पूर्ण आदरणीय अतिथिहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु क्रमशः करिब १५ लाख निक्षेपग्राहीको एक खर्ब ५८ अर्ब निक्षेप संकलन, एक लाख ५६ हजार कर्जाग्राहीलाई करिब एक खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेकोमा करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुनकर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिदबिक्री, लकर सेवा, प्रतितपत्र कारोबार, ट्रस्ट रिसिप्ट कर्जा, जमानत कारोबार, सेयर धितोमा कर्जा तथा एटीएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाइल बैंकिङ सेवा, एडीबील रेमिट, आईपीएस सेवा तथा कनेक्ट आईपीएस, अनलाइन बैंकिङ खाता खोल्ने, आरटीजीएस, आस्बा, डिम्याट, इन्टरनेट बैंकिङ सेवा, फाइभ इन वन सेवा, क्यूआर टेलर सेवा, मोबाइल बैंकिङमार्फत युटिलिटी पेमेन्ट र करिब तीन लाखको हाराहारीमा रहेका सेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको जानकारी दिएका छन् । उनले बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पु¥याउनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलगायत विभिन्न निकायहरु, एसियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गरेका छन् ।

कार्यक्रममा बैंकका उत्कृष्ट ग्राहकको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरुको नामावली समेत घोषणा सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु डा. राजेन्द्रप्रसाद मिश्र, रमेश दुवाडी, डा. इन्दिरा श्रेष्ठ मास्के, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाईँ बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घ बहादुर अर्याल, बाबुकाजी थापा कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बरंमका अधिकारीले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया