Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैैंकको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

महालक्ष्मी विकास बैैंकको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक


काठमाडौं । महालक्ष्मी विकास बैंककोे चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल जनाएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशतले बढी रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब एक करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानीतर्फ एक अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसैगरी गत आर्थिक वर्षको पुस मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकले उल्लेख्यरूपमा खराब कर्जा घटाई गत वर्षको चार दशमलव ७९ प्रतिशतको खराब कर्जालाई दुई दशमलव ८९ प्रतिशतमा झार्न सफल भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई २१ दशमलव शून्य पाँच प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगति गर्दैै आगामी वर्ष पनि आकर्षक लाभांश दिनेतर्फ उन्मुख रहेको देखिन्छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय तीनवटा शाखा सञ्जाल रहेको बैंकले छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया