Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकहरूकोे माग तथा सुविधालाई मध्यनजर गरी तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरेको छ । आइतबार बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्तरूपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत्रूपमा उद्घाटन सम्पन्न भएको जनाएको छ ।

सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरूबाट समेत ग्राहकहरूलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले एक सय २९ वटा शाखा, एउटा विस्तारित शाखा, एउटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीमएममार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया