Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसनराइज बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा

सनराइज बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा


काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु-याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले शुक्रबार प्रदेश ३, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा ८४औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

साथै शनिबार बैंकले प्रदेश १, ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीमा ८५औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागि फुलासीका बसन्त कुमार लामा र कुन्तादेवीका लाल प्रसाद ढकाललाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल एक सय ३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, एक सय ६१ वटा एटीएम र ८५ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया