Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआँधिखोला लघुवित्तको पाँचौँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः केसी चयन

आँधिखोला लघुवित्तको पाँचौँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः केसी चयन


स्याङ्जा । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा शुक्रबार वालिङ स्याङजामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरियो ।

सभाले लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७–७८ को वासलत, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्वन्धित अनुसूचीहरुउपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताए । सभाले राष्ट्र बैंकको स्वीकृतिबमोजिम २० प्रतिशत बोनस सेयर स्वीकृत गरेको बताइएको छ ।

सभावाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै नरेश के.सी सहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव बाबुराम कुँवरले बताएका छन् । सभापछिको बैठकले पुनः नरेश के.सीलाई अध्यक्षमा चयन गरेको जनाइएको छ । साधारणसभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष नरेश के सीले गरेका थिए । स्वागतमन्तव्य सञ्चालक दिपेन थापाले गरेका थिए भने धन्यवाद ज्ञापन सञ्चालक केहर सिंह के.सीले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव बाबुराम कुँवरले गरेका थिए ।

संस्थाले हाल ११ जिल्लामा १९ कार्यालयमार्फत २ प्रदेशमा सेवा सञ्चालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्थासँग गरेको मर्जर प्रक्रिया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया