इन्फिनिटी लघुवित्तकोे पाँचौँ वार्षिक स्थापना दिवस
काठमाडौं । दुर्गम तथा ग्रामिण क्षेत्रका पिछडिएका वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्ला (ब.सु.पू.)को गैँडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक स्थापना दिवस मनाएको छ । संस्थाका अनुसार यही माघ सात गते एक कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।
विसं २०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७३/०९/१७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत्रूपमा २०७३/१०/०७ गतेदेखि संस्थाले कारोबार शुभारम्भ गरेको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त गरी कारोबार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार दुई सय ८४ रुपैयाँ रहेको छ । संस्थाले देशभरि नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिएअनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरूमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको संस्थाको पहुँच नेपालका सातै प्रदेशका ४१ जिल्लामा रहेको छ ।
पाँचौँ वार्षिक उत्सवको पूर्वसन्ध्यामा गैँडाकोट नगरपालिका वडा नं १ मा रहेको नवजीवन अपाङ्ग बालआश्रममा रहेका अपाङ्ग बालबालिकाहरूका लागि संस्थाको तर्फबाट सहयोग सामग्री वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामा तथा गैँडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले संयुक्तरूपमा गरेको संस्थाले जानकारी दिएको छ । संस्थाले हालसम्म विपन्न वर्गका मानिसहरूलाई सहजरूपमा डिजिटल लघु बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले ८० हजार चार सय १२ सदस्यहरूलाई विभिन्न उद्देश्यमा प्रदान गरेको बाँकी कर्जा चार अर्ब सात करोड ३२ लाख रहेको छ भने ग्राहक सदस्यहरूको बचत रकम एक अर्ब १८ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया