Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारग्लोबल आईएमई लघुवित्तको नाफा १४ करोड ७८ लाख

ग्लोबल आईएमई लघुवित्तको नाफा १४ करोड ७८ लाख


काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ७८ लाख ९४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १२ करोड नौ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब ५२ करोड ६३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ६९ करोड ९० लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३० करोड ३७ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ करोड ३२ लाख ४५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५९ करोड ३९ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४८ करोड ५६ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ४७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ३१ लाख ८९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया