Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने


काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १४ दशमलव २५ प्रतिशतका दरले हुन आउने १५ करोड ३१ लाख २४ हजार आठ सय रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत अर्थात् ८० लाख ५९ हजार दुई सय रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको पछिल्लो पटक बसेको ३०२औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया