गुडविल फाइनान्सले सात करोड ९१ लाख कमायो
काठमाडौं । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ९१ लाख ९१ हजार तीन सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा पाँच करोड ५४ लाख ९१ हजार तीन सय ६२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा १० अर्ब ३८ करोड ५८ लाख ११ हजार दुई सय २८ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब सात करोड ५७ लाख छ सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ५५ लाख ४४ हजार छ सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ८५ लाख २३ हजार सात सय ३९ रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने तीन दशमलव ८९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब आठ करोड नौ लाख ६२ हजार दुई सय ९८ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ४३ करोड २६ लाख पाँच हजार दुई सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड २० लाख ४२ हजार चार सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया