Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स फाइनान्सको नाफामा उच्च वृद्धि

रिलायन्स फाइनान्सको नाफामा उच्च वृद्धि


काठमाडौं, माघ २३
रिलायन्स फाइनान्सको नाफा उच्चरूपमा बढेको छ । ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नारासहित सञ्चालनमा आएको फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड २२ लाख ३९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा फाइनान्सको वितरणयोग्य नाफा भने चार करोड २९ लाख ४४ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले ४३ लाख ५० हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा चार अर्ब ६३ करोड १७ लाख पाँच हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड १५ लाख ७८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड लाख ९२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले तीन अर्ब ६१ करोड चार लाख ७१ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १६ करोड १३ लाख २५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ४९ लाख ९० हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

यसैबीच फाइनान्सका प्रमुुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले यस वर्ष १० वटा शाखा खोल्ने तयारी गरेको बताएका छन् । फाइनान्सले यो वर्ष १० वटा शाखा खोल्ने प्रस्ताव राष्ट्र बैंकमा पठाएका उनले बताएका छन् । प्रमुुख कार्यकारी श्रेष्ठका अनुुसार प्रस्तावित शाखाहरूमा उपत्यका बाहिर धनगढी, कोहलपुर, महेन्द्रनगर, अत्तरिया, धुुलाबारी, दमक, बिर्तामोड, भैरहवा र टाँढी रहेका छन् भने उपत्यकाभित्र सितापाइला रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया