Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमिर्मिरे लघुवित्तको खुद मुनाफा बढ्यो

मिर्मिरे लघुवित्तको खुद मुनाफा बढ्यो


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड १६ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ५१ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ६२ करोड ३९ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८६ करोड २५ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २८ करोड ४५ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७७ लाख ४९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५५ प्रतिशत रहेको छ भने स्प्रेड दर पाँच दशमलव ८५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६७ करोड ५३ लाख एक हजार रुपैयाँ निक्ष्ोप संकलन गरी पाँच अर्ब ४६ करोड ९० लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ९२ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख १४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८० प्रतिशत रहेको थियो । यसैगरी स्प्रेड दर भने आठ दशमलव ९० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको प्रतिक्रिया