Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारडिप्रोक्स लघुवित्तको नाफा ३३ करोड ४४ लाख

डिप्रोक्स लघुवित्तको नाफा ३३ करोड ४४ लाख


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३३ करोड ४४ लाख ८१ हजार एक सय १२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३२ करोड ४० लाख एक हजार नौ सय ३९ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ३८ करोड ७४ लाख ९८ हजार तीन सय ३२ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा सात अर्ब ३९ करोड ४४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब नौ करोड १० लाख ६९ हजार आठ सय ९९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७१ करोड ३० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३८ लाख ६६ हजार चार सय सात रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ७८ करोड ५२ लाख १० हजार छ सय ५४ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८४ करोड ४९ लाख ९९ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा ६६ करोड १४ लाख ९१ हजार दुई सय ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया