Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजानकी फाइनान्सको नाफा तीन करोड ५५ लाख

जानकी फाइनान्सको नाफा तीन करोड ५५ लाख


काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ५५ लाख ८९ हजार एक सय ८२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ३० लाख ४५ हजार आठ सय तीन रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी ६० करोड चार लाख ६० करोड चार लाख ११ हजार एक सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब आठ करोड ३० लाख ९० हजार तीन सय ४५ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९९ करोड ७२ लाख ३९ हजार चार सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ७१ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको पाँच दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाईनान्सले दुई अर्ब ८७ करोड ७१ लाख ८३ हजार सात सय ४० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १५ करोड ८३ लाख ५६ हजार तीन सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ७५ लाख ७७ हजार पाँच सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया