Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा क्यापिटलद्वारा प्रमोटर सेयर खरिदबिक्री सहजीकरण सुरु

मेगा क्यापिटलद्वारा प्रमोटर सेयर खरिदबिक्री सहजीकरण सुरु


काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्स्योरेन्स) कम्पनी, लघु वित्त (माइक्रोफाइनान्स), जलविद्युत् (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयरहरू खरिदबिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्बर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्नेछन् ।

धेरै लगानीकर्ताहरूले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरूबीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको हो । यसले पक्कै हाम्रा ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिदबिक्री गर्न इच्छुक लगानीकर्ताहरूलाई ठूलो राहत मिल्ने विश्वास लिएका कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया