Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकालिञ्चोक दर्शनले साधारण सेयर जारी गर्ने

कालिञ्चोक दर्शनले साधारण सेयर जारी गर्ने


काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौँको निष्काशन गर्नुपर्नेे १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताको लागि जारी गर्ने भएको छ । साधारण सेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौँलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको जनाएको छ ।

उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीका बीच कालिञ्चोक दर्शन लिमिटेड, गौशाला, काठमाडौँमा बिहीबार द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता गरको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया