Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमल्टीपर्पस फाइनान्सको नाफा ४६ लाख २७ हजार

मल्टीपर्पस फाइनान्सको नाफा ४६ लाख २७ हजार


काठमाडौं । मल्टीपर्पस फाइनान्सले चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ४६ लाख २७ हजार आठ सय १५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा २८ लाख ६४ हजार नौ सय ७६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ४४ करोड २० लाख ६२ हजार एक सय ७४ रुपैयाँ निक्षेप संकलन गरी ४२ करोड ५८ लाख ८० हजार चार सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ५१ लाख १७ हजार एक सय ३२ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले ३६ करोड ४५ लाख १४ हजार छ सय ५० रुपैयाँ निक्षेप संकलन गरी ३६ करोड २६ लाख २३ हजार दुई सय ९८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९२ लाख ७९ हजार सात सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया