Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगणपति लघुवित्तको छ महिनाको नाफा ९६ लाख ३७ हजार

गणपति लघुवित्तको छ महिनाको नाफा ९६ लाख ३७ हजार


काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९५ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ५१ करोड ९७ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब चार करोड ४४ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ३१ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड १३ लाख ९३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ४२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ३९ करोड ३० लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५४ करोड २२ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६३ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४१ लाख ९८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया