Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारस्वाभिमान लघुवित्तको नाफा दुई करोड १९ लाख २२ हजार

स्वाभिमान लघुवित्तको नाफा दुई करोड १९ लाख २२ हजार


काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १९ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ८० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब २५ करोड ७० लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८९ करोड ९१ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १९ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८९ लाख २२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपाता शून्य दसमलव ६६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ८१ करोड ४० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २४ करोड ६२ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ४१ लाख ११ हाजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया