Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेन्ट्रल फाइनान्सले कमायो तीन करोड ३५ लाख

सेन्ट्रल फाइनान्सले कमायो तीन करोड ३५ लाख


काठमाडौँ । सेन्ट्रल फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ५० लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा चार करोड ३९ लाख ४२ जार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार सात सय नौ रुपैयाँ रहेको संंस्थाले चालू आवको दोस्रो त्रैमासमा पाँच अर्ब ७६ करोड एक लाख ९३ हजार नौ सय २० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८३ करोड आठ लाख १२ हजार नौ सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६१ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरयोग्य नाफा भने १२ करोड ७९ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब २७ करोड ३३ लाख ४६ हजार दुई सय ३९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १३ करोड १८ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड पाँच लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया