समृद्धि फाइनान्सको नाफा ६० लाख २२ हजार
काठमाडौं । समृद्धि फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६० लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ६७ लाख तीन हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ६५ करोड १५ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४१ करोड ४६ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ९८ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७८ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने पाँच लाख ६४ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १८ करोड ८३ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी छ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा खुद ब्याज आम्दानी १६ लाख ८३ हजार रुपैयाँले ऋणात्मक रहेको फाइनान्समा ३१ दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ८१ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया