Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारश्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा चार करोड ६२ लाख

श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा चार करोड ६२ लाख


काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ६२ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा पाँच करोड ९१ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब आठ करोड ७३ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९८ करोड ३७ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड एक लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा तीन करोड २८ लाख ११ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव ११ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब ८८ करोड ४२ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २८ करोड ७४ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया