Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्त संस्थाले कमायो एक करोड ५१ लाख

मानुषी लघुवित्त संस्थाले कमायो एक करोड ५१ लाख


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ४६ लाख ५५ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७१ करोड तीन लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३२ करोड ७७ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ९४ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ लाख ९६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ५९ करोड ८६ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ५५ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड नौ लाख दुई हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात १३ दशमलव तीन प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया