Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआईसीएफसी फाइनान्सको नाफा १३ करोड २३ लाख

आईसीएफसी फाइनान्सको नाफा १३ करोड २३ लाख


काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १३ करोड २३ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १७ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुुँजी एक अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा १५ अर्ब ४५ करोड ४८ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन १२ अर्ब ८६ करोड ९४ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ९० लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ३८ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा पाँच करोड आठ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले १४ अर्ब ३४ करोड २८ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ३७ करोड १५ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ७५ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८४ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया