आदर्श लघुुवित्तको नाफा १४ लाख ७० हजार
काठमाडौं । आदर्श लघुुवित्त वित्तीय संस्थाले चालूू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक करोड ४० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा १३ करोड दुई लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ करोड १५ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९४ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ लाख ६२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १० करोड ७७ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ करोड २३ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६८ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ लाख ४१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रियसभाका उपाध्यक्षद्वारा राजीनामा
- पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
- मन्त्री चौधरी र राजदूत हेक्काबीच भेटवार्ता
- चीनको औद्योगिक मुनाफामा उच्च वृद्धि
- हुन्डाइले विद्युतीय गाडी उत्पादनका लागि थप ५० अर्ब लगानी गर्ने
- पेप्सोडेन्ट नेपालको दन्त स्वास्थ्य जागरूकता कार्यक्रम
- माछापुच्छ्रे बैंकले गर्यो शैलेश्वरी विद्यालयमा शौचालय निर्माण
- प्रादेशिक अस्पतालको समग्र विकास गर्न प्रदेश सरकार तयार छ: मन्त्री सिंह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया