Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेसनल माइक्रोफाइनान्सको छ महिनाको नाफा २४ करोड ६१ लाख

नेसनल माइक्रोफाइनान्सको छ महिनाको नाफा २४ करोड ६१ लाख


काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४ करोड ६१ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड ४१ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ८४ करोड ८९ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २२ करोड ९४ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४४ करोड ४० लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४१ लाख ४५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ८४ करोड ३७ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३८ करोड २० लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ७८ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५६ लाख ७९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया