Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसानिमा बैंकद्वारा थप तीनवटा शाखा विस्तार

सानिमा बैंकद्वारा थप तीनवटा शाखा विस्तार


काठमाडौं ।सानिमा बैंकले थप तीनवटा शाखा विस्तार गरेको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो ।

कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्तरूपमा गरेका हुुन् ।

समुद्घाटन समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९ को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरू अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् । बैंकले पनि यी शाखाहरू सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरूलाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास लिएको छ ।

बैंकको देशका सातै प्रदेशमा एक सय २२ वटा शाखा कार्यालय र एक सय दुईवटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया