Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारस्वरोजगार लघुुवित्तको नाफा नौ करोड एक लाख ७४ हजार

स्वरोजगार लघुुवित्तको नाफा नौ करोड एक लाख ७४ हजार


काठमाडौं । स्वरोजगार लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ करोड एक लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ६१ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ९१ करोड १० लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब छ करोड ६४ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा २१ करोड ३३ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको दुई दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब २२ करोड ५७ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७७ करोड १९ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा १३ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० करोड ४७ लाख ७७ हजार रुपैयाँ रहेको संस्थामा दुई दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया