Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफरवार्ड माइक्रोफाइनान्सको नाफा ४५ करोड ८० लाख

फरवार्ड माइक्रोफाइनान्सको नाफा ४५ करोड ८० लाख


काठमााडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २२ करोड ५० लाख १५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा सात अर्ब ३३ करोड २२ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६२ करोड ८३ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७३ करोड ८२ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शून्य रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ११ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब १८ करोड ९३ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब छ करोड ७९ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६० करोड १५ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २५ करोड ६४ लाख ४६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९६ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया