Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफको प्रमुख कार्यकारीमा पोखरेल नियुक्त

रिलायन्स लाइफको प्रमुख कार्यकारीमा पोखरेल नियुक्त


काठमााडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा राकेश पोखरेल नियुक्त भएका छन् । कम्पनीका अनुसार यही माघ १३ गतेबाट पोखरेलले कार्यभार सम्हालेका हुन्  ।

कम्पनीका अनुसार पोखरेलले आफ्नो करियर बीमा क्षेत्रबाट सुरुवात गरेका थिए । लगभग आठ वर्ष विभिन्न बीमा कम्पनीको व्यवस्थाापन तथा कार्यकारी पदमा कार्यरत रही पछिल्लो समय लेखापरीक्षण पेसमा संलग्न रहेका थिए ।

सञ्चालक समितिको उपस्थितिमा प्रमुख कार्यकारीको पदभार ग्रहण गर्दै पोखरेलले सही दिशामा गइरहेको बीमा कम्पनीमा काम गर्ने मौका दिएकोमा धन्यवादज्ञापन गर्दै उत्कृष्ट कार्य गर्ने बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया