Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसाधना लघुवित्तको नाफा सात करोड ५७ लाख

साधना लघुवित्तको नाफा सात करोड ५७ लाख


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ५७ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ५० लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब २१ करोड ९१ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी चारा अर्ब ९४ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ८८ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको संस्थामा एक दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ६४ करोड ९४ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६३ करोड ८६ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थााको प्रोभिजन रकम दुई करोड ६१ लाख १२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ५२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया