Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनआईसी एसिया क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवा

एनआईसी एसिया क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवा


काठमाडौं । ​एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ नामक नयाँ सेवा सञ्चालन ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत आइडिया टु आईपीओ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडिया सेसनदेखि कम्पनी स्थापना, स्केल अप, एक्सपान्सन, ग्रोथ, फर्दर एक्सपान्सन हुनै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ । यो सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरूले लिन सक्नेछन् । विशेष गरी यो सेवा कृषि, जलविद्युत्, होटल तथा पर्यटन, स्वास्थ सेवा, टेक्सटायल, व्यापार तथा उत्पादनम, खानी, ऊर्जा, निर्माण, हस्पिट्यालीटीलगायत प्रचलित कानुनबमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरूले लिन सक्नेछन् ।

कुनै पनि कम्पनी स्थापनकालदेखि नै आईपीओ जारी गर्ने अवस्था सम्म पु¥याउनु आफैँमा एउटा लामो प्रक्रिया हो । क्यापिटलको आइडिया टु आईपीओ सेवाले जुनसुकै अवस्थामा रहेको कम्पनीहरूलाई सहजै आईपीओ जारी गर्ने अवस्थामा पु¥याउन महत्वपूर्ण सहयोग गर्दछ । एनआईसी एसिया क्यापिटलको मार्गदर्शन, सहयोग र सहकार्यले गर्दा कुनै पनि कम्पनीलाई सफल कम्पनीको रूपमा स्थापित गराउने क्रममा आइपर्ने हरेक कोसेढुंगाहरू सरल र सहजताका साथ हासिल गर्न मदत गर्दछ । क्यापिटलको आइडिया टु आईपीओ सेवाले सम्बन्धित कम्पनीको सेवा तथा व्यावसायिक प्रकृतिको गहन अध्ययन अनुसन्धान गरी उक्त कम्पनीलाई आईपीओ जारी गर्दा नियमनकारी निकायहरूले पूरा गर्नुपर्ने भनी तोकेको सम्पूर्ण सर्तहरू पूरा गर्नको लागि आवश्यक परामर्श तथा उचित मार्गदर्शन प्रदान गर्दछ ।

आइडियादेखि आईपीओ जर्नीलाई सफलतापूर्वक अगाडि बढाउन प्राइभेट इक्विटी, भेञ्चर क्यापिटलको लगानीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस प्रकारको कोषले पुँजीको स्रोत जुटाई दिने मात्र नभई कम्पनीलाई थप नयाँ उचाइमा पु¥याउनको लागि सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ति, कम्पनीको ब्रान्डिङ व्यावसायिक कार्ययोजना, भविष्यमा आइपर्ने चुनौतीहरूको सामना गर्नको लागि आवश्यक रणनीतिको तर्जुमा, व्यवसाय विस्तार तथा लागत कम गर्नको लागि नवीनतम प्रविधिको प्रयोगका साथै कम्पनीको आक्रमकरूपमा व्यवसाय विस्तारको लागि सही समयमा आवश्यक पुँजी व्यवस्थापन गरिदिनेलगायतका कार्यहरू गर्दछ । साथै यस क्यापिटलले प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल सञ्चालनका लागि अनुमतिपत्रको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । उक्त अनुमति प्राप्त भएपश्चात् मात्र यो सेवा समेत सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अधिकांश कम्पनीहरूले पुँजी तथा आवश्यक प्राविधिक ज्ञान, सीपको अभावले गर्दा सम्बन्धित व्यवसाय सोचेअनुरूप विस्तार नभएको देखिन्छ । सोही कुरालाईमध्ये नजर गर्दै एनआईसी एसिया क्यापिटलले पुँजीको अभावमा व्यवसाय विस्तार गर्न नसकिरहेका कम्पनीहरूलाई धितोपत्रको दोस्रो बजारमार्फत सर्वसाधारणमा सेयर जारी गर्ने व्यवस्था मिलाई थप पुँजी जुटाइदिने मुख्य उद्देश्यका साथ क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कम्पनी स्थापनाकालदेखि आईपीओ जारी गर्ने अवस्थासम्म पूरा गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रक्रियाहरू तथा आईपीओ निष्काशनपश्चात् गर्नुपर्ने सम्पूर्ण कार्यलाई एकीकृत कार्ययोजना बनाई आईपीओ रेडिनेस एसीसमेन्ट टेस्ट (रेट) सेवा उपलब्ध गराएको छ ।

आईपीओ रेडिनेस एसिसमेन्ट टेस्ट (रेट)- कुनै पनि कम्पनीहरूले सर्वसाधारण सेयर जारी गर्नुभन्दा पहिला नियमनकारी निकायहरूले तोकेका सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । अर्थात् कम्पनीको पुँजी संरचना, प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था, वित्तीय स्थिति, लगानीकर्ताहरूको मनोविज्ञान, कानुनी व्यवस्था र सम्बन्धित नियामक निकायहरूले सर्वसाधारणमा सेयर जारी गर्नुभन्दा पहिला पूरा गर्नुपर्ने सर्तहरूको पालना गर्नुपर्ने हुन्छ । यस्ता सर्तहरू कम्पनी÷व्यवसायको प्रकृति तथा सम्बन्धित नियमनकारी निकायले तोकेको व्यवस्था÷निर्देशनअनुसार छुट्टाछुट्टै मापदण्ड पूरा गर्नुपर्ने देखिन्छ । यस सेवाअन्तर्गत आईपीओ निष्काशन गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण व्यवस्थाहरू तथा आईपीओ जारी गर्नुभन्दा पहिला आउनसक्ने समस्या तथा चुनौतीहरूको सूक्ष्म तरिकाबाट जाँच गरी उचित समयमा सही निर्णय लिन मदत गर्दछ ।

यस आईपीओ रेडिनेस एसीसमेन्ट टेस्ट (रेट) प्रक्रियाबाट सम्बन्धित कम्पनीको रणनीति, इक्वीटी, कर्पोरेट गभर्नेन्स, वित्तीय अवस्था, व्यवस्थापन, नियमनकारी निकायले तोकेबमोजिमको मापदण्ड पूरा भए नभएको ग्याप पत्ता लगाई उक्त ग्याप÷कमी कमजोरीहरू सुधार गर्न सहयोग गर्दछ । सर्वसधारणमा सेयर जारी गर्दा कम्पनीको वित्तीय अवस्थाको राम्रोसँग अध्ययन गरी धितोपत्रबोर्डले निर्धारण गरेको तथा प्रचलित अन्तर्राष्ट्रिय भ्यालुऐसन मोडलको प्रयोग गरी सर्वसाधारणमा जारी गरिने सेयरको मूल्य निर्धारण गरिनेछ । उक्त अध्ययनअनुसार सम्बन्धित कम्पनीले उचित मूल्यमा आईपीओ जारी गर्दा परल मूल्यमा मात्र नभई कम्पनीको वित्तीय तथा अन्य समग्र अवस्थाको मूल्यांकन गरी थप प्रिमियम वा बुक बिडिङ विधिबाट गर्न समेत सुझाव दिइने कम्पनीले जानकारी दिएको छ । आईपीओ रेडिनेस एसिसमेन्ट टेस्ट (रेट) गर्दा कुनै पनि कम्पनीको आईपीओ जारी गर्न योग्य देखिएको अवस्थामा तुरुन्त आईपीओ सेयर जारी गर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।

आईपीओ रेडिनेस एसिसमेन्ट टेस्ट (रेट) गर्दा कुनै पनि कम्पनीको तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरूको आईपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउन आवश्यक सहयोग गरिनेछ । यदि आईपीओमा जान नमिल्ने वा लामो समय लाग्ने देखिएका कम्पनीहरूलाई सेयर कारोबारका लागि ओटीसी मार्केट्समा सूचीकरण गराउन आवश्यक सहयोग गरिनेछ ।

पोस्ट आईपीओ सेवा : कुनै पनि कम्पनीले आईपीओमा सेयर जारी गरेपश्चात् अर्थात् पब्लिक कम्पनीहरूले नियमनकारी निकायहरूले तोकेबमोजिमको नियमित रिपोटिङ, सेयरधनी विवरण अद्यावधिक गर्नेलगायतका कार्यहरू नियमित गर्नुपर्ने भएकोले क्यापिटलले आफ्नो सेयर रजिष्ट्रार सेवाअन्तर्गत उक्त सम्पूर्ण सेवा समेत प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया