Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारजाल्पा सामुदायिक लघुवित्तको पाँच करोड २२ लाख रुपैयाँको साधारण सेयरको बिक्री खुला

जाल्पा सामुदायिक लघुवित्तको पाँच करोड २२ लाख रुपैयाँको साधारण सेयरको बिक्री खुला


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको पाँच करोड २२ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाको यही माघ २१ गते अर्थात् आज शुक्रबारबाट बिक्री प्र्रबन्धक प्रभु क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख २२ हजार कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।

बिक्री खुला भएको कुुल साधारण सेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात् २६ हजार एक सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । यसबाहेक बाँकी रहेको चार लाख ८७ हजार नौ सय कित्ता सेयर भने सर्वसाधारण बिक्री गरिने संंस्थाले जनाएको छ ।

खरिद कर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच हजार दुई सय २० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी २५ करोड, जारी पुँजी १६ करोड रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नै पुग्नेछ । सेयर बिक्रीकार्य छिटोमा यही माघ २५ गते र ढिलोमा फागुन छ गते बन्द हुने संस्थाले जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया