Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल ड्यानडिलियनमा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल ड्यानडिलियनमा छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरूसँग सम्झौता गर्दै आएको छ । सोही क्रममा बैंकले पोखरामा रहेको होटेल ड्यानडिलियनसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डबाहक ग्राहकहरूले होटेल ड्यानडिलियनका सेवाहरू जस्तैः बसाइ, बेड र ब्रेक फास्ट, रेस्टुरेन्टजस्ता सेवा सुविधाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया