Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमञ्जुश्री फाइनान्सको दोस्रो त्रैमासिक नाफा सात करोड ५३ लाख

मञ्जुश्री फाइनान्सको दोस्रो त्रैमासिक नाफा सात करोड ५३ लाख


काठमाडौं । मञ्जुश्री फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ५३ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले ११ करोड ३४ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिकमा १० अर्ब ३५ करोड ४४ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८२ करोड ८६ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा पाँच करोड ८५ लाख ४५ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने तीन दशमलव ९५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब ९१ करोड १७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २२ करोड ९४ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ३३ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव सात प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया