Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसपोर्ट लघुवित्तले कमायो ९९ लाख सात हजार

सपोर्ट लघुवित्तले कमायो ९९ लाख सात हजार


काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ९९ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ५८ लाख आठ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ करोड ५८ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोेस्रो त्रैमासिक अवधिमा २३ करोड १४ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १६ करोड ३१ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ६४ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ लाख ५० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७४ प्रतिशत छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २१ करोड चार लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब चार करोड ७१ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड १३ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ लाख ६८ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ६२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया