Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा दुई करोड ८६ लाख ७० हजार

गुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा दुई करोड ८६ लाख ७० हजार


काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ८६ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ४७ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब ३८ करोड २५ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २८ करोड ७१ लाख लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ९० लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय छ । वितरणयोग्य नाफा ११ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव नौ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ४९ करोड ६५ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५२ करोड २३ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड २४ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय थियो भने स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया