Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको ब्राण्ड एम्बेसडरमा महावीर पुनकै निरन्तरता

नेपाल बैंकको ब्राण्ड एम्बेसडरमा महावीर पुनकै निरन्तरता


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष अवधि थप गरिएको छ ।

यही माघ २० गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. महावीर पुनका बीच उक्त ब्राण्ड एम्बेसडर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बेसडरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंकजस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बेसडरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्रीवृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा. महावीर पुनजस्तो विशिष्ट व्यक्तित्व साथै आम नेपालीको प्रेरणाको स्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बेसडरको रुपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए । साथै डा. पुनले नेपाल बैंक छनौट गरेकोमा उनीहरुप्रति हार्दिक आभार समेत व्यक्त गरे ।

नेपालभरि दुई सय १३ वटा शाखाहरु, एक सय ४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५ सय कर्मचारीहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाडि बढिरहेको छ । पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्ररुपमा व्यवसाय विस्तार गर्न सफल यस बैंकप्रतिको विश्वासको कारण नेपाल बैंक ग्राहकहरुकोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया