मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा
काठमाडौं । मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी’ हरूको सूचीमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरू समावेश गरिएको थियो ।
लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरूमा बीमा उद्योगका कार्यकारीहरू, निर्देशकहरूसँग सर्वेक्षण गरी बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरूको पहिचानका लागि फच्र्युुनको ‘कर्न फेरि’ नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।
मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरूमध्ये एक भएकोमा खुशी व्यक्त गरेको छ । साथै उनले मेटलाइफका कर्मचारीहरू कम्पनीको उद्देश्यलाई गौरवका साथ आत्मसात् गर्दै ग्राहकहरूलाई गरिएको बाचा पूर्ति गर्न र आफ्ना समुदायहरूमा सकारात्मक परिवर्तन ल्याउन सधैँ अग्रसर रहेकाले फच्र्युनद्वारा प्रदान गरिएको यो मान्यता आफ्नै कर्मचारीहरूको मान्यता हो भनी बताएका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया