Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको ‘सिटिजन सपोर्ट सेन्टर’ सेवा

सिटिजन्स बैंकको ‘सिटिजन सपोर्ट सेन्टर’ सेवा


काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै आफ्नै नयाँ सिटिजन सपोर्ट सेन्टर (कल सेन्टर) सुरु गरेको छ । बैंकका अनुसार यही माघ २३ गतेबाट उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।

अब यस बैंकका ग्राहकहरूले बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ग्राहकहरूले ०१५९७००६८ नम्बरमा फोन गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सक्नेछन् । कल सेन्टरको प्रयोगले ग्राहकहरूलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्नेछ । हालका लागि यो सेवा आठ घण्टाको लागि आरम्भ गरिएको छ । क्रमशः सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ । देशभरि रहेका १३ लाखभन्दा बढी ग्राहकहरूलाई यो सेवाको आरम्भ भएसँगै बैंकसँग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङमा अत्यधिक प्रयोग बढाउँदै लगेको छ । प्रविधिमैत्री र नयाँ पुस्ता बैंकिङमा सिटिजन्सले आगामी दिनमा अत्यधिक प्राथमिकतामा राखी सञ्चालन लागत घटाउन र ग्राहकमैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरेका छन् । साथै उनले बैंकले आगामी दुई वर्षभित्रको डिजिटल बैकिङसम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिएका छन् ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दे सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया