मञ्जुश्री फाइनान्सको शाखा कार्यालय चाबहिल र गोंगबुको कारोबार शुभारम्भ
काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ०७, चाबहिल तथा काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं. ०४, गोंगबुमा शाखाको कारोबार शुभारम्भ गरेको छ । काठमाडौँको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको यसअघि नारायणगढ, न्यूरोड–काठमाडौँ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्साबजार, इनरुवा, झुम्काबजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए भने अब थप २ शाखासहित शाखा संख्या २३ रहनेछ ।
चालू आवको पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्तता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै यस फाइनान्सले विप्रेशण, मोबाइल बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया