Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकद्वारा छ प्रतिशत लाभांश प्रस्ताव

सेञ्चुरी बैंकद्वारा छ प्रतिशत लाभांश प्रस्ताव


काठमाडौं, माघ २४
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले छ दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको तीन सय तीनऔं सञ्चालक समितिको बैठकले २०७६ असार मसान्तमा कायम चुक्तापुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रूपैयाँमध्येबाट दुई प्रतिशतको दरले हुनआउने रकम १६ करोड ८३ लाख नौ हजार चार सय २३ रूपैयाँ बोनस सेयर वितरण गर्ने र कुल चुक्तापुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रूपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार आठ सय ९९ रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले गरेको लाभांस वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया