Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारजनरल इन्स्योरेन्सको नाफा पाँच करोड ६८ लाख

जनरल इन्स्योरेन्सको नाफा पाँच करोड ६८ लाख


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २९ रुपैयाँ १८ पैसा रहेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया