Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघर तथा गाडी कर्जाका लागि मेगा बैंकको आकर्षक योजना

घर तथा गाडी कर्जाका लागि मेगा बैंकको आकर्षक योजना


काठमाडौं, माघ २४
मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगाले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो । ग्राहकहरुलाई अत्यधिक सुविधायुक्त विशेषताहरु रहेको यो नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकहरुलाई मूल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको छ । यस्तै, आवास निर्माणका लागि अधिकतम एक सय प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

कर्जाको भुक्तानी अवधि ३५ वर्षसम्म रहने यस कर्जा योजनामा तीन वर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ । यसका साथै, आवास कर्जा लिने घरका लागि आवश्यक घरेलु उपकरण, घरायसी सामग्री, हार्डवेयर सामग्री, फर्निचरलगायतका सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ । आवास कर्जासँगै सवारी साधन कर्जा लिन चाहने ग्राहकले यस योजनाबाट विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार, सवारी साधन कर्जाको अवधि अधिकतम १० वर्षसम्म हुने यस योजनामा उल्लेख छ । अन्य आकर्षक सुविधाहरु समेत रहेको यस कर्जा योजनामा सम्पूर्ण कागजात पेश गरेको सात दिनभित्र नै कर्जा प्रदान गरिने मेगा बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया