Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसानिमा जनरल इन्स्योरेन्सको नाफा पाँच करोड ८० लाख

सानिमा जनरल इन्स्योरेन्सको नाफा पाँच करोड ८० लाख


काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ८० लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९६ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २४ रुपैयाँ ३० पैसा पुगेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया