नेपाल लाइफ इन्स्योेरेन्सले १४ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार छ सय ६१ रुपैयाँमध्येबाट १४ दशमलव ७३ प्रतिशतले हुन आउने रकम एक अर्ब छ करोड १० लाख ४८ हजार तीन सय आठ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार घोषित लाभांशमध्येमा १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको पछिल्लो पटक बसेको तीन सय ३२औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी २१औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया