Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारइमर्जिङ नेपालको साधारण सेयर खुला

इमर्जिङ नेपालको साधारण सेयर खुला


काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको पाँच करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही माघ २६ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ५५ हजार छ सय कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही फागुुन एक गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ । कम्पनीका अनुसार बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् ११ हजार एक सय १२ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि छुट्याइएको छ भने पाँच प्रतिशत अर्थात् २७ हजार सात सय ८० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । यसबाहेक बाँकी रहेको पाँच लाख १६ हजार सात सय आठ कित्ता सेयर भने सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया