Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंक र आरबीबी मर्चेन्टबीच सम्झौता

प्राइम कमर्सियल बैंक र आरबीबी मर्चेन्टबीच सम्झौता


काठमाडौं, माघ २४
प्राइम कमर्सियल बैंक र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ । बैंकका अनुसार निकट भविष्यमा जारी गर्न लागेको तीन अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशनको लागि आरबीबी मर्चेन्टसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र आरबीबीका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुुरेलले हस्ताक्षर गरेका छन् । बैंकले छिट्टै नै एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन अर्ब ५० करोड रुपैयाँबराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी गरेको छ । परिपक्व हुुने अवधि आठ वर्ष तोकिएको ऋणपत्रको लागि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याज तोकिएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया